कथाहरू 

कथाहरू नेपाली बाल कथा संग्रह हो जसमा भएका कथाहरु "Translation sprint" भन्ने विश्वव्यापी अभियानमा नेपाली भाषामा अनुवाद गरिएको थियो । यस अभियानको उद्देश्य खासगरी कोरोना महामारीको कारण बालबालिकाहरू स्कुल जान नपाइ रहेको अवस्थामा आफ्नै मातृभाषामा लेखिएका कथाहरूको माध्यमबाट सिक्न मद्दत पुर्‍याउनु हो ।

"Translation sprint" Norway, UNESCO, UNHCR, ADEA, The Global Book Alliance, Verizon, Learning Equality, Creative Commons र चार खुल्ला लाइसेन्स प्राप्त प्लेटफर्म: The Global Digital Library, StoryWeaver, Let's ReadAfrican Storybook, बीचको सहकार्यमा आयोजित गरिएको थियो ।

भाग लिनुहोस्

यदि तपाईं पनि कथाहरूलाई नेपाली तथा अन्य स्थानीय भाषाहरुमा अनुवाद गरेर प्रत्येक बच्चाबच्चीहरूको लागि, पुस्तकहरूको थुप्रै विकल्पहरू प्रदान गर्न मद्दत गर्न चाहनुहुन्छ भने,  यो लिंकमा जान सक्नुहुन्छ ।

यदि तपाईं आफ्नो अनुवाद गरिएको कथालाई कथाहरूबाट प्रस्तुत गर्न चाहानुहुन्छ भने, हामी खुशीसाथ तपाईंलाई सम्पूर्ण प्रक्रियाको बखत तपाईंलाई मद्दतको लागि उपलब्ध हुनेछौं। यसका लागि तपाईं निम्न ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ ।

हामीलाई सम्पर्क गर्नुहोस्