कथा पढ्नुहोस्

अग्लो र होचो

प्रथम स्तर

लेखकः हुई चङ्ग रटाना
चित्रकारः सिट सोप्हिप्प
अनुवादकः अनुपमा विश्वकर्मा

के तिमीहरुले भन्न सक्छौं परिवारका कुन कुन सदस्यहरू अग्ला र होचा छन् ? अग्लो र होचोको बीचको भिन्नताको अधारणालाई बालकको परिवारका सदस्यहरुको उचाई मार्फत यो किताबमा प्रस्तुत गरिएको छ।

कथा पढ्नुहोस्

तीनवटा साना बिरालाहरू

प्रथम स्तर

लेखकः चाउ चिन्निथ
चित्रकारः योअम कोसल
अनुवादकः अनुपमा विश्वकर्मा

तीनवटा बिरालाका साना बच्चाहरू नजिकै रहेको कुकुरसंग डराउँछन् । कुकुर ती तीन बिरालाहरूसँग खेल्न खोज्छ, तर ती बच्चाहरु उसलाई देख्ने बित्तिकै डराएर भाग्छन् । तपाईंहरूलाई के लाग्छ बिरालाका बच्चाहरू किन कुकुरसंग त्यति धेरै डराउँछन् ?

कथा पढ्नुहोस्

आनन्द

प्रथम स्तर

लेखकः राजिव ईप्प
चित्रकारः राजिव ईप्प
अनुवादकः अनुपमा विश्वकर्मा

आनन्दलाई भेट्नुहोस् ! उसलाई गाडी चलाउन र नयाँ मान्छेहरु संग भेट्न मनपर्छ। उसलाई नृत्य-संगीत र जनावरहरू राम्रो लाग्छन्। उसलाई राम्रो देखिन मनपर्छ, र तपाईंको छर-छिमेकलाई राम्रो बनाउन मनपर्छ। ऊ अति नै राम्रो छ !

कथा पढ्नुहोस्

अपाङ्गता हुनुभनेको असमर्थ हुनु होइन

दोस्रो स्तर

लेखकः अग्नेस् माबुरूरू
क्तित्रकारः वेईहान डे ग्गेएर्
अनुवादकः अनुपमा क्तवश्वकमाथ

यस छोटो कथाको मार्फत अशक्त व्यक्तिहरुमा हुने क्षमताको बारेमा बताउन खोजीएको छ ।

कथा पढ्नुहोस्

भूत!

दोस्रो स्तर

लेखकः चन्दन यादव
चित्रकारः कउस्तसब कामत
अनुवादकः अनुपमा विश्वकर्मा

एकादेशमा एउटा भूत थियो । जसलाई प्रत्येकदिन कसैन कसैलाई डराउनदिन मनपथ्र्यो । एकदिन उसलेयस्तो कसैलाई खोज्ने निर्णय गर्‍यो जसलाई सजिलोगरि डराउन सकियोस् । उहादहरणको लागि मुसा । के मूसा पनि अरूहरूजस्तै भूतसंग डरायो त ?

कथा पढ्नुहोस्

घामले नुहाउँछ

दोस्रो स्तर

लेखकः ना खामहेइउआंग
चित्रकारः निभोअओङ्ग् सेएग्साकौन 
अनुवादकः अनुपमा विश्वकर्मा

एक्लो घामसँग माथि आकाशमा खेल्ने कोही छैन । ऊ नदीमा पौडिरहेको माछाहरुसंग खेल्न चाहन्छ । तर माछाहरू घामलाई भन्छन् कि उसले तिनीहरूलाई जलाउने छ ! के घामले तल पृथ्वीमा रहेका प्राणीहरूलाई साथी बनाउने कुनै तरिका छ त ?

कथा पढ्नुहोस्

जब म ठूली हुने छु

तेस्रो स्तर

लेखकः प्रियादरसिनी गोगोई
चित्रकारः तरिक अजिज
अनुवादकः अनुपमा विश्वकर्मा

म पापोरी हुँ र म ठूली भएपछि इन्जिनियर बन्ने छु । यो पुस्तक मैले ठूली भएपछि गर्ने सम्पूर्ण निमार्णहरूको बारेमा हो । यसमा ठूला-ठूला शब्दहरु मात्र नभएर, यसमा थुप्रै रोमाञ्चक कुराहरु पनि छन् ।ल आउनुहोस् मसँग मेरो यात्रामा सामेल हुनुहोस् ।

कथा पढ्नुहोस्

मेरो आफ्नै तरिका

तेस्रो स्तर

लेखकः बिन्दु गुप्ता 
चित्रकारः कनक शसि 
अनुवादकः अनुपमा विश्वकर्मा 

मट्कोको शरीर गोठका गेटबाट भित्र पस्नका लागि निकै ठूलो अथवा चौडा थियो । उनका साथीहरूले उसलाई पातलो बनाउन मद्दत गर्ने विभिन्न प्रकारका व्यायामहरू गर्न सुझाव दिन्छन्, तर कुनै तरिकाले पनि काम गर्दैन । अन्त्यमा मट्कोले गेटबाट भित्र पस्न आफ्नै तरिका अपनाउँछिन् ।
 
कथा पढ्नुहोस्

अम्मु र भँगेरा

तेस्रो स्तर

लेखकः भिनिथा आर
चित्रकारः जएस सिभान
अनुवादकः अनुपमा विश्वकर्मा

अम्मु आफ्नो पुरै दिन हजुरआमासंग बिताउँछ । उसले चराहरूलाई दाना खुवाउँछ र आमा र बुबा भँगेरालाई भेट्न आउँछन् कि भनेर पर्खन्छ ।

कथा पढ्नुहोस्

इन्टरनेटमा हराउँदा

चौथो स्तर

लेखकः कृस स्टोक्स, मधुरिमा चक्रबर्ती
चित्रकारः गौरव वाकेन्कर
अनुवादकः अनुपमा विश्वकर्मा

कुणाल इन्टरनेटको जालोमा हराउँछ तर कसरी बाहिर निस्कने भनेर जान्दैन । इन्टरनेटको माध्यमबाट उसको घर पुग्ने बाटो पत्ता लगाउन गरिएको यस वैज्ञानिक कथायात्रामा तपाईं पनि ऊसँग संगै सामेल हुन सक्नुहन्छ ।

कथा पढ्नुहोस्

चिन्टुको मुस्कान कसले चोर्‍यो ?

चौथो स्तर

लेखक: सन्जना कपूर
चित्रकार: सुनैना कोएल्हो
अनुवादकः अनुपमा विश्वकर्मा

चीरूको दाइ चिन्टुलाई आजकल खेल्ने मन लाग्दैन । के यो उनको नयाँ राक्षस साथी डुकडुकको कारणले त होइन, जो सँधै उसको वरिपरि रहन्छ ? परिवारमा कसैले पनि चिन्टुलाई गम्भीरतापूर्वक लिदैनन् । तर चीरूलाई थाहा छ कि जति आँखाले देखिएको छ त्यो सत्य होइन । यो कहानी डिप्रेसनको सुस्त प्रभावहरूको बारेमा हो।
 
कथा पढ्नुहोस्

पानीको आवाज

चौथो स्तर

लेखकः शालिनी श्रीनिवासन
चित्रकारः देवस्मिता दासगुप्ता
अनुवादकः अनुपमा विश्वकर्मा

वर्षा र उसको बाबु जंगलको नजिकै बस्छन् । गर्मीको महिना चलिरहेको थियो र वर्षालाई निकै तातो महसुस भएको थियो । एक दिन उनी एक अनौंठो आवाज सुन्छिन् र अनुसन्धान गर्ने निर्णय गर्छिन्। उनले केवल आवाज मात्र सुन्न सक्छिन् र त्यो के को आवाज होला भनेर उनलाई जिज्ञासा हुन्छ । वर्षाले के भेट्टाउने छिन् र के बाबुले उनलाई विश्वास गर्छन् र ?

कथा पढ्नुहोस्