प्रथम स्तरको कथाहरू

अग्लो र होचो

लेखकः हुई चङ्ग रटाना
चित्रकारः सिट सोप्हिप्प
अनुवादकः अनुपमा विश्वकर्मा

के तिमीहरुले भन्न सक्छौं परिवारका कुन कुन सदस्यहरू अग्ला र होचा छन् ? अग्लो र होचोको बीचको भिन्नताको अधारणालाई बालकको परिवारका सदस्यहरुको उचाई मार्फत यो किताबमा प्रस्तुत गरिएको छ।

कथा पढ्नुहोस्

तीनवटा साना बिरालाहरू

लेखकः चाउ चिन्निथ
चित्रकारः योअम कोसल
अनुवादकः अनुपमा विश्वकर्मा

तीनवटा बिरालाका साना बच्चाहरू नजिकै रहेको कुकुरसंग डराउँछन् । कुकुर ती तीन बिरालाहरूसँग खेल्न खोज्छ, तर ती बच्चाहरु उसलाई देख्ने बित्तिकै डराएर भाग्छन् । तपाईंहरूलाई के लाग्छ बिरालाका बच्चाहरू किन कुकुरसंग त्यति धेरै डराउँछन् ?

कथा पढ्नुहोस्

आनन्द

लेखकः राजिव ईप्प
चित्रकारः राजिव ईप्प
अनुवादकः अनुपमा विश्वकर्मा

आनन्दलाई भेट्नुहोस् ! उसलाई गाडी चलाउन र नयाँ मान्छेहरु संग भेट्न मनपर्छ। उसलाई नृत्य-संगीत र जनावरहरू राम्रो लाग्छन्। उसलाई राम्रो देखिन मनपर्छ, र तपाईंको छर-छिमेकलाई राम्रो बनाउन मनपर्छ। ऊ अति नै राम्रो छ !

कथा पढ्नुहोस्