चौथो स्तरको कथाहरू

इन्टरनेटमा हराउँदा

लेखकः कृस स्टोक्स, मधुरिमा चक्रबर्ती
चित्रकारः गौरव वाकेन्कर
अनुवादकः अनुपमा विश्वकर्मा

कुणाल इन्टरनेटको जालोमा हराउँछ तर कसरी बाहिर निस्कने भनेर जान्दैन । इन्टरनेटको माध्यमबाट उसको घर पुग्ने बाटो पत्ता लगाउन गरिएको यस वैज्ञानिक कथायात्रामा तपाईं पनि ऊसँग संगै सामेल हुनसक्नुहन्छ ।

कथा पढ्नुहोस्

चिन्टुको मुस्कान कसले चोर्‍यो ?

लेखक: सन्जना कपूर
चित्रकार: सुनैना कोएल्हो
अनुवादकः अनुपमा विश्वकर्मा

चीरूको दाइ चिन्टुलाई आजकल खेल्ने मन लाग्दैन । के यो उनको नयाँ राक्षस साथी डुकडुकको कारणले त होइन, जो सँधै उसको वरिपरि रहन्छ ? परिवारमा कसैले पनि चिन्टुलाई गम्भीरतापूर्वक लिदैनन् । तर चीरूलाई थाहा छ कि जति आँखाले देखिएको छ त्यो सत्य होइन । यो कहानी डिप्रेसनको सुस्त प्रभावहरूको बारेमा हो।
 
कथा पढ्नुहोस्

पानीको आवाज

लेखकः शालिनी श्रीनिवासन
चित्रकारः देवस्मिता दासगुप्ता
अनुवादकः अनुपमा विश्वकर्मा

वर्षा र उसको बाबु जंगलको नजिकै बस्छन् । गर्मीको महिना चलिरहेको थियो र वर्षालाई निकै तातो महसुस भएको थियो । एक दिन उनी एक अनौंठो आवाज सुन्छिन् र अनुसन्धान गर्ने निर्णय गर्छिन्। उनले केवल आवाज मात्र सुन्न सक्छिन् र त्यो के को आवाज होला भनेर उनलाई जिज्ञासा हुन्छ । वर्षाले के भेट्टाउने छिन् र के बाबुले उनलाई विश्वास गर्छन् र ?

कथा पढ्नुहोस्